Amit Machamasi's profile

Heritage Site Of Bhaktapur At Night.

साँझ पर्दै जाँदा भक्तपुर दरबार परिसर उज्यालिँदै जान्छ। भूकम्पपछि जिर्ण बनेका सम्पदा, पुनर्निर्माणपछि ठडिएका छन्। हरेक पर्खाल र भित्ताहरुमा एकपछि अर्को गर्दै बल्न थाल्छन्, बत्तीहरु। त्यसैले आजभोलि भक्तपुर दरबर परिसरमा अन्धकार हुँदैन।
भक्तपुर नगरपालिकाले ५५ झ्याले दरबार, न्यातापोल मन्दिर, भैरवनाथ मन्दिर, सत्तल र अन्य सम्पदा क्षेत्रमा बत्ती जडान गरेको हो। जसका कारण सन्ध्याकालीन भक्तपुर अवलोकन सहज अनि सुरक्षित बनेको छ।
हुन त उज्यालो भक्तपुरको योजना भ्रमण वर्ष २०२० केन्द्रित थियो। विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण भ्रमण वर्ष रद्द भयो। तर, यसरी जडान गरिएको बत्तीहरुले भक्तपुरको परम्परागत, सांस्कृतिक र धार्मिक सम्पदाहरुमा सुन्दरता थपेको छ।
Heritage Site Of Bhaktapur At Night.
Published:

Heritage Site Of Bhaktapur At Night.

Published: